Logo
Logo

प्रधानन्यायाधीशको कोटामा दीपक तिमिल्सिना मन्त्री बन्दै !



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मन्त्रिपरिषद् विस्तारको क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको भागमा समेत एक मन्त्रालय छुट्याइएको विषयमा सार्वजनिक भएको छ ।

‘मन्त्रिपरिषद् विस्तार र सत्ता भागवण्डामा राजनीतिक दलहरुका अलावा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पनि जोडिएका छन्’ भन्दै अनलाइनखबरले समाचार लेखेको छ ।

अनलाइनखबरका अनुसार प्रधानन्यायाधीशको सिफारिसमा सर्वोच्च अदालतमा सूचना प्रविधि विज्ञका रुपमा काम गरिसकेका दीपक तिमिल्सिना मन्त्री पक्का जस्तै भएको छ ।

कुनैपनि दलको राजनीतिमा संलग्न नभएका र पर्दा पछाडिको क्रियाकलापमा सक्रिय हुन रुचाउने दीपक तिमिल्सिना सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार एवं नेशनल ल कलेज, ललितपुरका सञ्चालक डा. रामकृष्ण तिमिल्सिनाका भतिजा रहेको समाचारमा उल्लेख छ ।

मन्त्री बन्न लागेका तिमिल्सनाको विगत भने विवादरहीत र स्वच्छ नरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्