Logo
Logo

विराटनगर भन्सार १ खर्ब ५२ अर्ब व्यापार घाटामा



विराटनगर । मुलुकको तेस्रो प्रमुख नाकाको रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट आयात बढ्दै गएको छ । यो भन्सारबाट गत आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाखको सामान आयात हुँदा ३६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । उक्त तथ्यांकले गत आवमा १ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँको व्यापार घाटा रहेको देखाएको छ ।

कोरोनाका कारण लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको विराटनगर भन्सार कार्यालयले साउन र भदौमा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । आयातको तुलनामा निर्यात निकै कम भए पनि निर्यातमा सुधार हुँदै गएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।

निर्यातमुखी अर्थतन्त्र नहुनु र आयातमा निर्भर हुँदा प्रत्येक वर्ष व्यापार घाटाको ग्राफ उकालो लागेको देखिन्छ । तर आवमा विराटनगर नाकाबाट निर्यात पनि न्यून मात्रामा बढिरहेको तथ्यांकले देखाएको छ ।

सो नाकाबाट अघिल्लो आव २०७६/७७ मा २८ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो, जुन गत आर्थिक वर्षको भन्दा ६ अर्ब ३९ करोडले कम हो ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्