Logo
Logo

काठमाडौं महानगरमा निलकाजी शाक्यको प्यानल नै विजयी



काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा निलकाजी शाक्यको प्यानल नै विजयी भएको छ ।

शाक्य ७८६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रन्जितले ३२९ मत मात्र ल्याए ।

त्यस्तै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन विजयी भएका छन् । सचिवमा सुशन वैद्य र पुरषोत्तम खकुरेल विजयी भए । यससैगरी सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर विजयी भएका छन् । उनीहरू सबैजना प्रकाशमान सिंह-गगन थापा पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्