Logo
Logo

तीन बुँदे सहमति कार्यान्वयन भएन, विप्लव समूहद्वारा प्रदर्शन



काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शन गरेको छ ।

सहमति भएको लामो समयसम्म पनि कार्यान्वयन नभएपछि विप्लवस समूहले सोमबार काठमाडौंमा प्रर्दशन गरेको हो । प्रदर्शनमा सहभागीहरुले तीन बुँदे सहमति कार्यान्वयन गर, सम्पूर्ण राजवन्दी रिहाइ गर, झुठा मुद्धा खारेज गर लगाएका नारा लगाएका थिए ।

यस्तै सोमबार नै नेकपा महासचिव विप्लवले विज्ञप्ती जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गरेको उनले बताएका छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्