Logo
Logo

बाजुरा जिल्ला सभापतिका लागि तीन नेता चुनावी मैदानमा


नन्दा थापा


बाजुरा । बाजुरामा नेपाली कांग्रेसको नेतृत्वको दौडमा तीन जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनमा पार्टी सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका हुन् ।

एकापसमा सहमती नभएपछि कविराज पण्डित, रामसिंह रावल र युवा नेता चक्रबहादुर शाहले जिल्ला सभापतिका लािग उम्मेदवारी दिएका हुन् । गत शनिबारदेखि सुरु भएकोे सातौँ जिल्ला अधिवेशनको तेस्रो दिन सोमबारबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको थियो ।

कविराज पण्डितले पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट प्यानल सहीत उम्मेदवारी दर्ता गरेका छन् भने रामसिंह रावलले वरिष्ठ नेत रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट आफ्नो प्यानलसहीत उम्मेदवारी दर्ता गरेका हुन् ।

युवा नेता चक्रबहादुर शाहले भन स्वातन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् । तीनै जना नेताले यसअघि नै पत्रकार सम्मेलन मार्फत उम्मेदवारी दिने घोषणा गरी प्रचार प्रसारमा लागेका थिए ।

मतदान प्रक्रिया मंगलबार बिहान ८ बजेबाट सुरु हुने निर्वाचन समिति सदस्य पे्रम रौलेले जानकारी दिए ।

सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना, सह–सचिव २ जना र ३८ जना जिल्ला कार्यसमिति सदस्यका लागि पर्तिस्पर्धा हुँदै छ ।

त्यस्तै २५ जना महाधिवेन प्रतिनिधीका लागि प्रतिस्पर्धा हुँदै छ । तीन दिनसम्म पनि सहमति हुन नसकेपछि निर्वाचन समिति बाजुराले निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्