Logo
Logo

प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि भएको छ ।

प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमवार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेपछि वृद्धि भएको हो ।

यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि आवश्यक बजेट विनियोजन नगरिएको कारण कार्यान्वयन हुन सकेको थिएन ।

नयाँ दर रेट अनुसार १५ प्रतिशत रासन वृद्धिपछि हरेक वर्ष १ अर्ब १७ करोड बराबर दायित्व बढेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट व्यवस्था नगरी रासन वृद्धिको घोषणा गरेको थियो । तर, कार्यन्वयन नभएपछि त्यसको आलोचना र विरोध हुँदै आएको थियो ।

प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले सुरक्षा निकायले ५० प्रतिशत भत्ता बढाउनुपर्ने प्रस्ताव गृह मन्त्रालयसमक्ष राखेका थिए । तर अर्थ मन्त्रालयले राज्यलाई आर्थिक भार पर्ने भन्दै बढाएको थिएन।

प्रतिक्रिया दिनुहोस्