Logo
Logo

अख्तियारको छापापछि तरंगित राजनीतिः अख्तियारविरुद्ध जसपा, सरकारविरुद्ध जनमत पार्टी



आइतबार जनता समाजवादी पार्टीले जनकपुरमा अख्तियारविरुद्ध गरेको प्रदर्शन । तस्बिरः नागरिक

काठमाडौं । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरोधमा सात्ताधारी दल जसपाले विरोध प्रदर्शन गरेको भोलिपल्ट सोमबार जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

जसपाले अख्तियारको शैलीले संघीयतामाथि धावा बोलेको ठहर गर्दै विरोधमा उत्रिएका छन् भने जनमत पार्टीले सरकार भ्रष्टाचारमा मुछिएकोले राजीनामा गर्नुपर्ने भन्दै विरोधमा उत्रिएका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार जनकपुरमा प्रदेश २ सरकार भ्रष्ट भएको भन्दै प्रदर्शन गरे । सो पार्टीले प्रदेश २ सरकारको राजीनामा समेत मागेका छन् ।

भ्रष्ट सरकार–राजीनामा दे । भ्रष्टाचारीलाई जेल दे लगायतका नारा लगाउँदै जनमत कार्यकर्ताहरु जनकपुरधाममा प्रदर्शन गरेका थिए। यता, अख्तियारको छापाविरुद्ध जसपाले प्रदेशभर आन्दोलन तीव्र पारेका छन् । आइतबार जनकपुरको रेल्वे स्टेशनमा सयौंको संख्यामा मोटरसाइकलसहित जसपाका नेताः कार्यकर्ताले अख्तियारविरुद्ध नाराबाजी गरे ।

‘राजनीतिक कारणले छापा’ मारेको आरोप लगाउँदै जसपाका नेतारकार्यकर्ताले मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरे । मोटरसाइकलसहित प्रदर्शनकारी जनकपुरको परिक्रमा गर्दै पिराडी चोकमा विरोधसभा आयोजना गरे । सभामा जसपाका नेताहरुले अख्तियारले राजनीतिक प्रतिशोध साध्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको आरोप लगाए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्