Logo
Logo

रनवेमा चिप्लियो श्री एयरलाइन्सको जहाज



काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । एयरलाइन्सको कल साइन नाइन एनएएनएफ भएको जहाज मंगलबार बिहान चिप्लिएर घाँसतिर गएको हो । तर जहाजमा भने कुनै पनि क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।

जहाजमा यात्रुहरू पनि थिए । जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको स्रोतले जनाएको छ । जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको विमानस्थल स्रोतको भनाई छ ।

बिहान ९ बजेर ३३ मिनेटमा ट्याक्सी वेबाट रन वेतर्फ जाने क्रमका विमान चिप्लिएको हो । जहाज निकाल्ने प्रयास जारी रहेको छ । विमानबाट नेपालगञ्ज जाने यात्रुलाई अर्को जहाजमा नेपालगञ्ज पठाउने तयारी गरिएको छ । विमानमा चालक दलका चार सदस्यसहित ८० जना यात्रु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्