Logo
Logo

एकीकृत समाजवादीले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड गर्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, समसामयिक राजनीति, सरकार लगायतका बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले बिहिबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्ने जानकारी दिए । केन्द्रीय कमिटीमा रहेका नेताहरुको जिम्मेवारी बाँडफाँड, समसामयिक राजनीतिका साथै सरकार लगायतका बिषयमा छलफल हुने उनले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि बैठक बस्न सकेको छैन् । उपचारपछि आराम गरिरहेका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था अहिले ठिक रहेको उनको सचिवालयले जनाएको छ । यद्यपि अहिले पनि महत्वपूर्ण बाहेकका भेटघाट अहिले पनि बन्द रहेको छ ।

हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटी लगायतका विषय टुंगो लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्