Logo
Logo

ईपीएल : काठमाडौं र भैरहवाबीचको खेल रद्द



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको लिगमा काठमाडौं किंग्स र भैरहवा ग्लाडियटर्सबीचको खेल रद्द भएको छ ।

खेल स्थगित भएसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । सोमबार भारी वर्षासँगै भिजेको आउटफिल्डको कारण मंगलबार काठमाडौं र भैरहवाबीचको खेल हुन नसकेपछि अंक बाँडेका हुन् ।

आजको खेलमा काठमाडौंलाई जित्नै पर्ने दबाव थियो । समूह चरणको अन्तिम दिनको खेल रद्द भएसँगै काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको छ ।

ललितपुर प्याट्रियट्सको भने प्लेअफ पुग्ने सम्भावना सकिएको छ । यदि आजको खेलमा काठमाडौं पराजय भएको भए प्लेअफमा ललितपुर पुग्ने थियो ।

ललितपुर र काठमाडौंको समान ३ अंक भए पनि रनरेटका आधारमा काठमाडौं प्लेअफमा पुग्न सफल भयो ।

काठमाडौं ५ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रह्यो । ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पाँचौं स्थानमा रह्ये ।

चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो। पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अंक सहित दोस्रो स्थानमा रह्यो । भैरहवा ५ खेलमा २ मा जित सहित ७ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्