Logo
Logo

प्रहरीकै सेटिङमा वीरगंजमा यसरी हुन्छ तस्करी (भिडियोसहित)



वीरगंज । दशैंको रौनकसँगै पर्साको सिमावर्ती नाकामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक तस्करी भइरहेको छ । सिमावर्ती नाकामा बिहानको समयमा तस्करका सानो समुहले किराना र कपडाको काम गरिरहेका छन् भने साँझ हुनासाथ तस्कर समुहको कुम्भ मेला नै लाग्ने गरेको स्थानीय बताउँछन् ।

पर्साको ग्रामिण नाका ठोरि, भिष्वा, जानकी टोला, सबैठवा, पकहा मैनपुर, ईटियाहि, अमरपटि, अलौ, श्रिसिया, छपकैया, मुल भन्सार, बासघारी र ईनर्वा गाउँबाट तस्कर समुहले भन्सार छलि करोडौंको कारोबार गरिरहेका छन् ।

तस्कर समुहले शसस्त्र प्रहरी सिमासुरक्षा बल, जिल्ला प्रहरी कार्यालयलाई र सिमावर्ती नाकामा रहेको शसस्त्र प्रहरीको बिओपीका कमाण्डर र नेपाल प्रहरीका ईन्चार्जहरूलाई मासिक नजरना दिएर समान वारपार गर्ने गरेको स्थानीयले बताएका छन् ।

सिमावर्ती भारतीय शहर सिक्टा र रक्सौलबाट तस्कर समुहले साइकल, मोटरसाइकल र भरिया माार्फत नेपाल भित्रयाउने गरेका छन् । भिष्वा लगायतको नाकाबाट मुन्ना, अमरपटिबाट मनोज लगायत अलौ ड्राईपोर्ट र श्रिसियाबाट ७ दर्जन बढी तस्कर समुहले काम गरिरहेका छन् ।

मुल भन्सारबाट हेटौडाको एक दर्जन र ईनर्वा नाकाबाट सुरेन्द्र, गोकिन्द ( २२ पार्टि ) अनोतिलाल, श्याम, अनिल, मुन्ना, शेखावत, रेखा (जो नेपाल प्रहरीको एसपी)का घुमुवा प्रहरी जवान लालबाबुको अडियो कल सार्वजनिक भएपछि) काम छोडेर अरूसँग काम गरेकी रेखा, ज्याति, निरू, मालति, नरेश, गुडु, तबारक, रामचन्द्र र बिक्रमा लगायतको तस्कर समुहले कारोबार गरिरहेका छन् ।

दशैं नजिकिँदै गर्दा तस्कर समुहले सटिङग सुटिङ, हार्डवेयर, मोटर पार्टस, कम्प्युटर पार्टस, सुर्ती, चप्पल जुत्ता, सारी, बिजुलीको सामानहरू नेपाल भित्रयाउँने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्