Logo
Logo

धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गाना बर्खास्त



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई बखास्त गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार बैठकले उनलाई बखास्त गर्ने अर्थमन्त्रीको प्रस्ताव स्वीकृत भएको छ । नयाँ अध्यक्ष नियुक्तीबारे केही निर्णय नभएको स्रोतको दाबी छ ।

सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझाबका आधारमा सरकारले ढुङ्गानालाई बखास्त गरेको हो ।

ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए ।

बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । उनले यसअघि नै आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्