बेवारिसे भ्यानमा २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी « Drishti News – Nepalese News Portal
Logo

बेवारिसे भ्यानमा २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी


दृष्टि संवाददाता


मोरङ । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी र भ्यान बरामद गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले मंगलबार रानीस्थित ढाटनजिक को २ च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच गर्दा मानव खप्पर र हड्डी फेला बताइएको छ ।

सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हातखुट्टाको हड्डी पुष्टि भएको शसस्त्र प्रहरीले जानकारी दिएका छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेको भन्नेबारे अहिलेसम्म केही नखुलेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्