Logo
Logo

जसपाले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउँदै



काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गर्न जनता समाजवादी पार्टी (जसपा)नेपालको कार्यकारिणी समितिको आज बैठक बस्दैछ ।

सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुंगो लागेपछि मन्त्रीमा क–कसलाई पठाउने विषयमा छलफल गर्न बुधबार जसपा नेपाल कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार मन्त्रीमण्डलमा कसलाई कसरी पठाउने त्यसको मापदण्ड बनाउन कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

ध्यक्ष यादवले मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले कार्यकारिणी समितिको बैठकबाट पनि त्यसको म्याण्डेट लिन लागेका हुन् । जसपाले भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ ।

प्रतिक्रिया दिनुहोस्