Logo
Logo

मन्त्रिपरिषद विस्तारबारे पौडेल पक्ष असन्तुष्ट, बोहराटारमा बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक अहिले दुई बजे बस्दैछ ।

सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न नेता पौडेलले आफ्नो समूहका नेताहरूको बैठक बोलाएका हुन् । पौडेलनिवास बोहराटारमा बस्ने बैठकमा कांग्रेसले पाउने मन्त्रालयको संख्या र त्यसमा आफ्नो समूहबाट हुने प्रतिनिधित्वबारे छलफल हुने जनाइएको छ ।

फाइल तस्बिर

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतलाई बोलाइएको एक नेताले बताए ।

पौडेल पक्षलाई २ वटामात्रै मन्त्रालय दिने तयारी गरिएको बेला आफ्नो पक्षको बैठक बोलाएका हुन् । सभापति एवं प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा एकपक्षीय निर्णय गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्