Logo
Logo

अन्तरिक्षमा पहिलोपटक चलचित्र छायाङ्कन



एजेन्सी । अन्तरिक्षमा पहिलोपटक चलचित्र छायाङ्कन भएको छ । चलचित्र छायाङ्कनको लागि रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएस पुगेको हो ।

कलाकार र निर्देशक चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको छ । एन्टोन श्कापलेरोभको नेतृत्वमा योजना अनुसार नै मस्को समय ११:५५ मा यान प्रक्षेषण गरिएको थियो ।

उनीहरूलाई आईएसएसको रुसी क्षेत्रमा रहेका सात जनाले स्वागत गरेका थिए । अन्तरिक्ष स्टेशनमा अवतरण गर्न भने अलिकति समय लागेको थियो। त्यसबेला स्वचालित अवतरण विफल भएपछि अन्तरिक्षयात्रीको नियन्त्रणमा डकिङ गर्नुपरेको थियो ।

क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा ३७ वर्षीय युलिया पेरेसिल्ड छन् । श्कापलेरोभ थप केही दिन अन्तरिक्षमै बस्ने भए पनि निर्देशक र नायिका भने १२ दिन मात्र अन्तरिक्षमा बसेर चलचित्र छायाङ्कन गर्नेछन् ।

शिपेन्कोको नायिका श्रीमती कार्पुनिनाका अनुसार निर्देशकले अन्तरिक्षमा जानुअघि १५ किलो तौल घटाएका थिए ।

चलचित्रमा पेरेसिल्ड एक अन्तरिक्षयात्रीलाई बचाउन पृथ्वीको कक्षमा पठाइएका मुटु चिकित्सकको भूमिकामा छन् । दुई अन्तरिक्षयात्रीहरू ओलेग नोभिट्स्की र प्योटर डबरभले पनि चलचित्रमा अभिनय गर्नेछन् । चलचित्रको छायाङ्कन आईएसएसको रुसी क्षेत्रमा गरिने छ । चलचित्रको लगानी रुसको च्यानल वान टेलिभिजनले गरेको छ।

अमेरिकी कलाकार टम क्रुज र नासाले पनि त्यहाँ एउटा चलचित्र छायाङ्कन बनाउने योजना बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्