Logo
Logo

प्रहरीको रकम प्रहरीलाई



काठमाडौं । प्रहरी दिवसका अवसरमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले आफूले आजीवन पाउने पेन्सनको रकम प्रहरी सेवामा खर्च गर्ने घोषणा गरेका छन् । गत वर्ष पूर्वमहानिरीक्षक खरेलले ‘अच्युत–मीना अमर प्रहरी छात्रवृत्ति’ कोष स्थापना गर्नुभएको थियो । उक्त छात्रवृत्ति प्रत्येक वर्ष प्रहरी दिवसका दिन तल्लो दर्जाका नेपाल प्रहरीका जेहेन्दार छात्र–छात्रालाई तीस÷तीस हजारका दरले उपलब्ध गराइने भएको छ ।

त्यसैगरी प्रत्येक वर्ष वीरगति प्राप्त गर्ने दुई जवानका परिवारलाई ५१/५१ हजार प्रदान गरिने भएको छ । साथै प्रहरी सेवामा सेवारत हुँदा विभिन्न कारणले घाइते, अपांगता भएका सात जनालाई मासिक ५ हजारका दरले आर्थिक सहयोग गरिने भएको छ ।

‘अत्युत–मीना अमर प्रहरी छात्रवृत्ति कोष’लाई निरन्तरता दिन मरणोपरान्त खरेल परिवारबाट छोरा डा. आयुष खरेल र छोरी डा. चाँदनी खरेलले ११ लाख रुपैयाँ उक्त अक्षयकोषमा राख्ने सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

पूर्वप्रहरी महानिरीक्षक खरेलले वार्षिक ६ लाख रुपैयाँ पेन्सन बुझ्दै आउनुभएको छ । उक्त रकम सबै कोषमार्फत प्रहरी संगठनमा योगदान दिएका प्रहरी परिवारलाई् दिने कुराले सिंगो प्रहरी संगठनको मनोबल बढेको छ ।

महानिरीक्षकसम्म पु¥यायो, त्यस संगठनमा दिनरात खट्ने प्रहरी, दिवंगत प्रहरीका परिवार र कर्तव्य पालनाको सिलसिलामा घाइते, अपांगता भएकाहरुलाई प्रहरी संगठनले मलाई दिने पेन्सनलाई सेवाको माध्यमबाट प्रहरी परिवारलाई सेवा गर्न पाउनु मेरो भाग्य हो । यो ठूलो रकम होइन, तर यो रकममा प्रहरी संगठनको भावना समेटिएको छ ।

पुरष्कारको रकमको विषयमा पूर्वमहानिरीक्षक खरेलसँग प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो– ‘जुन संगठनले मलाई प्रहरी महानिरीक्षकको पदसम्म पु¥यायो, त्यसको कारण भनेको तल्ला तहका प्रहरी जवानको इमान र जमान हो । मेरो एक्लो प्रयासले मात्र संगठन सफल भएको होइन । त्यसमा सिंगो प्रहरी जवानले आफ्नो कर्तव्य पालन, इमान्दार भएर गरेकै कारण नेपाल प्रहरी सफल भएको हो ।

त्यसैले जुन संगठनले मलाई महानिरीक्षकसम्म पु¥यायो, त्यस संगठनमा दिनरात खट्ने प्रहरी, दिवंगत प्रहरीका परिवार र कर्तव्य पालनाको सिलसिलामा घाइते, अपांगता भएकाहरुलाई प्रहरी संगठनले मलाई दिने पेन्सनलाई सेवाको माध्यमबाट प्रहरी परिवारलाई सेवा गर्न पाउनु मेरो भाग्य हो । यो ठूलो रकम होइन, तर यो रकममा प्रहरी संगठनको भावना समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्