Logo
Logo

मुख्यमन्त्री राउतले विश्वासको मत पाए



जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मत लिएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार पार्टी विभाजित भएपछि ३० दिनभित्र विश्वसको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो । उनको विपक्षमा
२३ मत परेको छ । चार जना प्रदेश सांसद भने अनुस्पथित रहेका थिए ।

पार्टी विभाजित भएपनि राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका कारण सरकारको स्थायित्वमा भने समस्या नपरेको हो ।

प्रतिक्रिया दिनुहोस्