Logo
Logo

माओवादीले टुंगो लगायो मन्त्रीको नाम



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मन्त्री हुनेको नामावली टुंगो लगाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठ र बोधमाया यादव मन्त्री हुने निर्णय भएको स्थायी कमिटीका एक सदस्यले बताए । माओवादी केन्द्रबाट यस अघि अर्थ मन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुसाल नियुक्त भईसकेका छन् ।

हिजो बसेको सत्तारुढ दलको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्री सहित ८, माओवादी केन्द्रले ६ तथा नेकपा (एकीकृत समाजवादी) र जसपाले ४/४ वटा मन्त्रालय पाउँनेछन् । तीन दलले १÷१ राज्य मन्त्री समेत पाउने सहमति भएको छ ।

माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउने सत्तारुढ दलका बीचमा सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस्