Logo

गाईगोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । पुस्तौदेखि खाँदै आएको गाईगोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । ‘विभेदकारी कानुन खारेजी संर्घष समिति’ले काठमाडौंको माइतीघर भण्डलामा प्रदर्शन गरेको हो ।

गाईगोरुको मासु खाएको आरोपमा देशका विभिन्न स्थानबाट नागरिक पक्राउ गर्ने र जेल हल्ने जस्ता घटनाहरु बढेको भन्दै समितिले प्रदर्शन गरेको हो ।

नेपाल बहुजाति, बहुराष्ट्रय, बहुसाँस्कृतिक, बहुभाषिक तथा बहुधार्मिक देश भनेर संविधानमा उल्लेख गरिएको भएपनि अझै ऐन कानुनहरुमा विभेदका प्रावधानहरु रहेकाले गाईगोरुको मासु खाएकै कारण जेल जानुपर्ने अवस्था दुःखद रहेको भन्दै समितिले यस्तो व्यवस्था खारेज गर्न माग गरेको छ ।

‘विभेदकारी कानुन खारेजी नै हाम्रो एक सुत्रिय माग हो’, प्रदर्शनका क्रममा विभेदकारी कानुन खारेजी अभियानका अभियान्ता मुक्तान थेबाले भने, ‘आमा मान्नेले दुध मात्रै खालन तर हामी गाईको मासु पनि खान्छौं, गाई काट्यो भन्दै जेल हाल्ने, गोरु काट्यो भन्दै जेल हाल्ने, जातिय विभेद गर्ने उनीहरु अनि सदभाव बिगार्यो भनेर हामीलाई आरोप लगाउने ? यो कहाँको न्याय हो ? उनले प्रश्न गरे ।

धर्मनिरपेक्ष राज्यको उलंघन गर्दै राज्यले नै एक धर्मलाई पक्षपोषण गरिरहेकोले आफूहरु सडकमा आउन बाध्य भएको प्रदर्शनकारीले बताएका छन् । विभेदकारी कानुन खारेज नगरे र गाईको मासु खाएको कारण जेलमा रहेकाहरु रिहा नभए देशभर शसक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्