Logo
Logo

शिक्षित युवादेखि महिला संलग्न, बैंक सपिङमलदेखि सुन पसल निशाना



काठमाडौं । धेरैले पकेटमारी भन्ने वित्तिकै सार्वजनिक यातायातका क्षेत्रमा हुने घटना भन्ने बुझ्छन्, तर हालैका केही घटनाले पकेटमारहरु सार्वजनिक यातायातमा मात्र होइन बैंक, सपिङ मल, गहना पसललगायत धेरै पैसाको कारोबार हुने ठाउँमा हुने गरेको पाइएको छ । अहिले दशैं, तिहार नजिकिएको छ, यस्तो बेला तपाईं जहाँकहीँ पाकेटमारको निगरानीमा हुन सक्नुहुन्छ ।

राजधानीमा केही दिन अघि प्रहरीले पकेटमा तह लगाउन एक अभियान नै थाल्यो सो अभियानका क्रममा २०७ जना पकेटमार पक्राउ परे । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा पकेटमारहरुले सार्वजनिक यातायातका साधनमा मात्र होइन ठूलो परिमाणमा नगद कारोबार हुने जुनसुकै स्थानमा उनीहरुको उपस्थिति हुने गरेको तथ्य फेला परेको छ ।

उनीहरुले सङ्गठित रुपमा एक जनाले बैंकमा कसले कति रकम झिक्यो भन्ने निगरानी गर्ने र तत्कालै नजिक रहेको अर्कोलाई सङ्केत वा आफ्नै साङ्केतिक भाषामा जानकारी गराउने र उसले फलो गर्दै गएर सार्वजनिक यातायातमा यात्रा गर्दा वा एकान्त स्थानमा पुगेर लुट्ने गरेको पनि पाइएको छ । त्यसैले सार्वजनिक यातायातमा चड्दा मात्र होइन बहुमूल्य सामानको कारोबार गर्दा पनि पकेटमारबाट सावधान हुनुपर्ने प्रहरीको भनाइ छ ।

बैंक, सपिङ मल, गहाना पसललगायत धेरै पैसाको कारोबार हुने ठाउँ पनि पाकेटमारको निगरानीमा हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले बताउनुभयो । पाकेटमारको निगरानी हुन सक्ने भन्दै उहाँले कारोबार गर्दा सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पाकेटमारहरु ठाउँ–ठाउँमा हुन्छ,” एक अर्कालाई इसारा गर्दै पाकेट मार्ने गरेको उहाँको भनाइ छ ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्