
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।
प्रवक्ता जग्गनाथ खतिवडाले आज बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको जानकारी दिए । आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाउने उनले बताए ।
एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने गठबन्धन दलमा सहमति भइसकेको छ । तर दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेका छैनन् ।














