Logo
Logo

‘१० बुँदे कार्यान्वयन नभएकाले एमालेमा बस्ने अवस्था रहेन’



काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

बिहीबार बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । जोशीलाई एकीकृत समाजवादीका अध्यक्ष अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका थिए ।

एकीकृत समाजवादीमा प्रवेश गरेपछि जोशीले १० बुँदेको कार्यान्वयन नभएकाले त्यहाँ बस्ने सक्ने अवस्था नरहेको बताए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा दिएको पत्र पढेर सुनाएका थिए । उनले एमालेले १० बुँदे कार्यान्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको टिप्पणी गरेका छन् ।

नेकपा हुँदा सूदुरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका जोशी एमाले समानन्तर कमिटीको प्रदेश अध्यक्ष थिए । उनलाई स्थायी कमिटीमा जिम्मेवारी दिने अध्यक्ष नेपालको घोषणा थियो ।

प्रतिक्रिया दिनुहोस्