एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन « Drishti News – Nepalese News Portal
Logo

एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाहिँदैन लगायतका नारा लगाएका थिए ।

यसअघि बुधबार परराष्ट्रमन्त्री डा नारायण खड्काले संसदीय समितिमा राष्ट्रिय सहमति र मुलुकको हितमा रहेमात्रै एमसीसीलाई अघि बढाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्