Logo
Logo

सत्तारुढ गठबन्धनको बैठक चल्दै गर्दा किन बाहिरिए माधव ?



काठमाडौं । नेकपा (एकीकृत समाजावादी) अध्यक्ष माधवकुमार नेपाल सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक चलिरहेकै बेला अचानक बालुवाटारबाट बाहिरिए ।

पार्टीको स्थायी कमिटी बैठक जारी रहेकाले उनी आफ्ना कुराहरु गठबन्धनको बैठकमा राखेर बाहिरिएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने बिषयमा सत्तारुढ गठबन्धनबीच प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बसेको थियो ।

सत्तारुढ गठबन्धनको बैठकमा करिब साढे दुई घण्टा बसेका अध्यक्ष नेपाल बालुवाटारबाट बाहिरिदै गर्दा सञ्चारकर्मीलाई केही प्रतिक्रिया दिएनन् ।

पाँच दलीय गठबन्धनभित्र मन्त्रालयबारे भागबण्डामा सहमति जुटे पनि केही प्राविधिक बिषय अझै मिलाउँन बाँकी नै रहेको छ । बाँकी रहेका सोही विषयमा सहमति जुटाउँनेबारे गठबन्धन भित्र छलफल जारी छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेको गठबन्धन भित्र नेपालले असन्तुष्टि व्यक्त गरेका छन् । यस अघि गठबन्धनभित्र कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जसपाले ४-४ मन्त्री र एक-एक राज्य मन्त्री पाउँने सहमति भएको थियो । तर अध्यक्ष नेपालले एकीकृत समाजवादीले थप एक मन्त्री पाउँनुपर्ने दावी गर्दै आएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्