Logo
Logo

एकीकृत समाजवादीमा १ उपमहासचिव र ३ सचिव थपिए



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले चार जना पदाधिकारी मनोनयन गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले चार जना नेतालाई थप जिम्मेवारीसहित मनोनित गरेको हो । जगन्नाथ खतिवडालाई उपमहासचिव, गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गर्ने बैठकले निर्णय गरेको हो ।

बैठकले अन्य केन्द्रीय सदस्यहरुको जिम्मेवारी समेत बाँडफाँट गरेको छ । त्यसैगरी, बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्