Logo
Logo

आकांक्षी धेरै हुँदा एकीकृत समाजवादीले मन्त्री छान्न सकेन


3.8k
Shares

काठमाडौं । मन्त्रीको आकांक्षी धेरै हुँदा एकीकृत समाजवादी पार्टीले आज सबैको स्थायी कमिटी बैठकबाट पनि पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लगाउन सकेन ।

भागबण्डा करेक्सन हुँदा अपेक्षाभन्दा कम मन्त्रालय पाउनु र आकांक्षी धेरै हुनुले एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउन नसकेको हो । एक स्थायी कमिटी सदस्यले भने– ‘पार्टीमा मन्त्रीका लागि आकांक्षी धेरै हुनु र भागण्डा करेक्सन हुँदा सोच जति मन्त्रालय पाउन नसक्नुले झनै समस्या भएको छ । त्यसै कारण मन्त्री छान्न ढिला भएको हो ।’

प्रवक्ता जगन्नाथ खतिवडाले भने भोली बस्ने केन्द्रिय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने सहमति भएको जानकारी दिए ।

पछिल्लो भागबण्डाअनुसार एकीकृत समाजवादीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाएको छ ।

एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणी चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने चर्चा हुँदै आएको छ । यस्तै, किसान श्रेष्ठ र भवानी खापुङको पनि नाम मन्त्रीका लागि चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्