Logo
Logo

दाहसंस्कार गर्न लागिएको शव प्रहरीले खोस्यो


9k
Shares

वीरगञ्ज । जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतार–हतारशव गाड्न खोजिएको भन्दै प्रहरीले दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव वीरगञ्जमा दाहसंस्कार गर्न लागिएका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणपछि शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ भने घटना शंकास्पद देखिएका चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्