Logo
Logo

मन्त्रीको नाम टुंगो लगाउन जसपाका शीर्ष नेताको बैठक बस्दै



काठमाडौं । पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताको बैठक बस्दैछ । पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको बैठक आज बस्दैछ ।

यसअघि बुधबार सम्पन्न कार्यकारिणी समिति बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न तीन नेतालाई जिम्मा दिने निर्णय गरेको थियो । बिहान ९ बजे बस्ने तयारी गरिएको शीर्ष नेतात्रयको बैठकको स्थान भने खुलाइएको छैन ।

जसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री पाएको छ । गठबन्धनका अन्य दलले सरकारमा सहभागी हुनेको नाम टुंगो लगाइसके पनि जसपाले हालसम्म अन्तिम नामावली तयार गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्