Logo
Logo

यी हुन् एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरु

आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी



काठमाडौं । सत्तारुढ गठबन्धन दलबीच सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री पाएकाे छ । मन्त्रालयको टुंगो लागेसँगै एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम समेत टुंगो लगाएको छ ।

यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेको सो पार्टीले दुई मुख्मन्त्री पाउने भएसँगै संघीय सरकारमा चार मन्त्रालयमा सहमत भएको हो । एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास मन्त्रालय र एक राज्यमन्त्री पाएका छन् ।

गठबन्धन दलबीच एकीकृत समाजवादीलाई प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दिने सहमति भएको छ । सो अनुसार प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । अहिले यी दुवै प्रदेशमा अल्पमतको सरकार छ ।

एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । यस्तै, भगवानी खापुङ र कृष्णकुमार श्रेष्ठमध्ये एक जनालाई राज्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्