Logo
Logo

भवानी खापुङद्वारा राज्यमन्त्री अस्वीकार



काठमाडौं । एकीकृत समाजवादी पार्टीका सांसद भवानी खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । सरकारमा सहभागी हुने क्रममा एकीकृत समाजवादीले राज्यमन्त्री बनाउने निर्णय गरेपनि खापुङले भने अस्वीकार गर्ने भएका हुन् ।

आफूभन्दा जुनियरहरुलाई मन्त्री बनाउँदा आफूलाई चाहिँ राज्यमन्त्री मात्र बनाउने पार्टीको निर्णय सच्चिनुपर्ने उनको भनाइ रहेको उनी निकटले बताएका छन् । तर, खापुङले भने आफूलाई अहिलेसम्म पार्टीले केही जानकारी नगराएको बताए । पार्टीले उचित मुल्याङकन गरेर जिम्मेवारी दिनेमा आफू विस्वस्त रहेको बताउँदै आधिकारिक जानकारी पाएपछि मात्र यसबारे बोल्ने बताए ।

खापुङ दुई पटक सांसद भइसकेका नेता हुन् । एमाले हुँदा लामो समयदेखि माधवकुमार नेपालसँगै रहँदै आएका खापुङ २०७० र २०७४ को आम निर्वाचनमार्फत सांसद निर्वाचित भएका हुन् । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्