Logo
Logo

निर्वाचन चिन्ह परिवर्तन गर्न आयोग जाँदै एकीकृत समाजवादी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रस्तावित चुनाव चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार साँझ बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको चुनाव चिन्ह ‘किताब’ परिवर्तन गरी ‘कलम’ राख्ने निर्णय गरेको । त्यसका लागि एकीकृत समाजवादी निर्वाचन आयोग जाने भएको छ ।

यसअघि कलम चिन्ह जीवन राईले दर्ता गरेको पार्टीले लिएको थियो । अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव चिन्ह ‘कलम’राख्न लागिएको हो । त्यसका लागि राईलाई समाजवादीको केन्द्रीय सदस्य बनाउने निर्णय भइसकेको छ ।

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रक्रिया पुर्याएर शुक्रबारै निर्वाचन आयोग जाने तयारी भएको छ । निर्वाचन चिन्ह परिवर्तन गर्न आयोग जानुअघि पार्टी एकता गरेको संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको प्रवक्ता खतिवडाले बताएका छन् ।
नेकपा एकीकृत समाजवादीले गत भदौ ९ गते निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । त्यसबेला प्रस्ताव गरेको चुनाव चिन्ह ‘किताब’ आयोगले मान्यता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्