काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । मन्त्रिमरिषदलाई पूर्णता दिने तयारीमा रहेका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच शुक्रबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच नयाँ मन्त्रीको सपथग्रहणबारे छलफल भएको बताएको छ । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषलाई पूर्णता दिने तयारी गरेका छन् ।














