Logo
Logo

महाधिवेशन गर्ने तयारीमा मञ्च



काठमाडौं । प्रदेश नम्बर १ मा एक जना मात्र प्रदेश सासद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले तेस्रो संघीय राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । आगामी २६ र २७ मंसिरमा धरानमा महाधिवेशन गर्ने भएको हो ।

महाधिवेशन सफल पार्न अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ । समितिको सदस्यहरुमा संघीय समिति, सबै प्रान्तीय मञ्चका अध्यक्ष एवं समितिहरु, प्रवासका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुखहरु रहेकोे मञ्चले जनाएको छ ।

यस्तै, महाधिवेशनको लागि आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति, विदेश विभाग समिति, स्वास्थ्य उपसमिति, स्वयमसेवक उपसमिति, अतिथि सत्कार उप-समितिलगायत विभिन्न समितिहरु पनि गठन गरेको मञ्चले विज्ञप्ति मार्फत जनाएको छ ।

कोरोना महामारीको परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनमा करिब १ हजारको हाराहारीमा मात्र प्रतिनिधिहरु रहने पनि मञ्चले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्