माधव नेपाल र जीवन राईको पार्टीबीच एकीकरण « Drishti News – Nepalese News Portal
Logo

माधव नेपाल र जीवन राईको पार्टीबीच एकीकरण


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरिएको छ । पार्टी एकीकरण पश्चात पार्टीको नाम नेकपा (एकीकृत समाजवादी र चुनाव चिन्ह कलम रहने सहमती पत्रमा उल्लेख गरिएको छ ।

यसअघि एकीकृत पार्टीको कलम चुनाव चिन्ह रहेको थियो । दुबै पार्टीका बीचमा माक्र्सवाद–लेलिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सहमती गरेका छन् । यस्तै दुबै पार्टीका नेताले नेपाली समाजको समाजवादी रुपान्तरणका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच पार्टी एकीकरण पत्रमा गरिएको सम्झौता यस्तो छः

प्रतिक्रिया दिनुहोस्