Logo
Logo

देउवा सरकारमा महिलाको सहभागीता २४ प्रतिशत मात्रै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिलाको सहभागीता २४ प्रतिशत मात्रै भएको छ ।

देउवा नेतृत्वको मन्त्रीपरिषद् २५ सदस्य छ । तर, महिलाको संख्या भने ६ मात्रै रहेको छ । संविधानमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित गनुपर्ने छ । ३३ प्रतिशत महिला सहभागीता गराउन सरकारमा ९ महिला मन्त्री हुनुपर्छ ।

नेकपा माओवादी केन्द्रले मात्रै संविधानअनुसार सरकारमा महिलाको सहभागीता गराएको छ । माओवादीले ५० प्रतिशत महिलालाई मन्त्री बनाएको छ । माओवादीले राज्यमन्त्रीसहित ६ मन्त्री पाएको छ । जसमा तीन महिलालाई मन्त्री बनाएको छ ।

माओवादीबाट पम्फा भुसाल उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा बनेकी छन् ।

नौ मन्त्रालय पाएको कांग्रेसलले एक जना महिलालाई मात्रै मन्त्री बनाएको छ । कांग्रेसबाट उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेकी छन् । प्रतिशतको आधारमा यो ११ प्रतिशत हो ।

त्यस्तै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट एक-एक जना महिला मन्त्री बनेका छन् । एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री सहरी विकास मन्त्री बनेकी छन् भने जसपाबाट रेणु कुमारी यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेकी छन् ।

एकीकृत समाजवादी र जसपाले चार–चार मन्त्रालय पाएका छन् । प्रतिशतको आधारमा दुवै पार्टीबाट २५/२५ प्रतिशत महिला मन्त्रिपरिषद्मा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्