Logo
Logo

नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच उनीहरुले शपथ लिएका हुन् ।

प्रधानमन्त्री हेरबहादुर देउवाले शुक्रबार नियुक्त गरेका १६ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । दुई राज्यमन्त्रीलाई भने प्रधानमन्त्री देउवाले शपथ गराएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गठबन्धनका ४ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु नियुक्त गरेका थिए ।

नवनियुक्त राज्यमन्त्रीहरु राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या, मिनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेनुकुमारी यादव भौतिक पूर्वाधार र प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि बनेका छन् ।

त्यसैगरी दिलेन्द्रप्रसाद बडुले कानुन, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास, उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमा गजेन्द्र बहादुर हमाल, वन तथा वातावरणमा रामसहाय प्रसाद यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयमा महेश्वरजंग गहतराजलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् र

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रिमा बोधमाया कुमारी यादवलाई नियुक्त भएका थिए ।

दोस्रो पटक भएको प्रतिनिधि सभा विघटन बदरसहित सर्वोच्च अदालतले गत असार २८ गते परमादेश जारी गरेपछि प्रधानमन्त्री नियुक्त भएका देउवाले झण्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्