Logo
Logo

अर्थतन्त्रको बलियो आधार कृषि क्षेत्र : कृषिमन्त्री यादव



काठमाडौं । कृषि तथा पशुपक्षीमन्त्री महिन्द्र राय यादवले देशको अर्थतन्त्रको बलियो आधार कृषि क्षेत्र भएको बताएका छन् ।

मन्त्रालयमा आज पदवहाली गरेपछि नवनियुक्त मन्त्री यादवले यस क्षेत्रलाई वैज्ञानिक ढङ्गबाट अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

उनले महामारीका कारण अहिले विषम परिस्थिति रहेकाले किसानलाई सक्दो सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिँदै कृषि क्षेत्रको समस्याको पहिचान गरी समाधानमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।

मन्त्रालयमा सचिवद्वय डा कृष्णप्रसाद आचार्य, डा गोविन्द शर्मा, सहसचिव प्रकाश सञ्जेल, उपसचिव टेकप्रसाद लुइँटेललगायत कर्मचारीले मन्त्री यादवलाई मन्त्रालयमा पुग्दा स्वागत गरेका थिए ।

यसैबीच युवा तथा खेलकुदमन्त्री महेश्वर ज्ग गहतराजले पनि मन्त्रालयमा पुगेर पदवहाली गरेका छन् । उनले खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्तगरे ।

प्रतिक्रिया दिनुहोस्