Logo
Logo

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्छु : स्वास्थ्यमन्त्री



काठमडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्री खतिवडाले आजै रामशाहपथस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।

मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने वातावरण उपलब्ध गराउने बताए ।

‘सकेसम्म धेरै जनताले सेवा सुविधा सहज ढङ्गले प्राप्त गराउने उद्देश्यका साथ मेहनत र इमान्दारीका साथ काम गर्ने छु’, उनले भने । उनले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रीत हुने बताए ।

मन्त्री खतिवडालाई स्वास्थ्यसचिव डा रोशन पोखरेल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्