Logo
Logo

कानूनमन्त्री बडुद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदबारस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आजै सपथ ग्रहपछि उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै विशेष परिस्थितिमा बनेको सरकार भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे

‘यो सरकार विशेष समयमा बनेको हो, यसका निश्चित कार्यभार छन्’, मन्त्री बडुले भने, ‘मलाई पूर्णरूपमा सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।’

मन्त्रालयका सचिव उदयराज सापकोटाले कानून बमोजिम गर्न मिल्ने काममा सबै कर्मचारीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्