Logo
Logo

यस्तो बन्यो देउवा मन्त्रिपरिषद्



काठमाडौं । प्रधानमन्त्री भएको ८८ औं दिनमा शुक्रबार शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । यो मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री छैनन् ।

कांग्रेसबाट सुजाता कोइराला, माओवादीबाट नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन खोजेका थिए । देउवा आफैंले उपप्रधानमन्त्रीविहीन मन्त्रिपरिषद् बनाउन चाहेका हुन् ।

यसअघि २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा २, २०६५ मा पुष्पकमल दाहाल नेतृत्वमा १, २०६६ मा माधवकुमार नेपाल नेतृत्वमा २, २०६७ मा झलनाथ खनाल नेतृत्वमा ३, २०६८ मा बाबुराम भट्टराई नेतृत्वमा २ जना उपप्रधानमन्त्री थिए ।

२०७० मा सुशील कोइरालाको नेतृत्वमा २, २०७२ मा केपी शर्मा ओली नेतृत्वमा ६, २०७३ मा दाहाल नेतृत्वमा २, २०७४ मा देउवा नेतृत्वको सरकारमा ३ र २०७४ मै ओली नेतृत्वमा २ उपप्रधानमन्त्री थिए । २०६९ मा खिलराज रेग्मी नेतृत्वको गैरराजनीतिक दलको चुनावी सरकारमा भने उपप्रधानमन्त्री थिएनन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्