Logo
Logo

‘क्षमतावानलाई मन्त्री बनाउन नसकेकामा दुःखी छु’

मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्री असन्तुष्ट



काठमाडौं । मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्री शेरबहादुर देउवा नै असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्री देउवाले क्षमतावानलाई मन्त्री बनाउन नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

स्कुल अफ डेमाेक्रेसि ले प्रकाशन गरेकाे विश्वेश्वरप्रसाद काेइराला: शताब्दी सन्दर्भ नाम पुस्तक विमाेचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा

शनिबार आफ्नो सरकारी निवास बालुवाटारमा ‘स्कुल अफ डेमोक्रेसी अमेरिका’का शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रम प्रधानमन्त्री देउवा गठबन्धनको सरकार हुँदा नेपाली काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताए । ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ’ उनले भने, ‘तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन । यसमा म दुःखी छु ।’

प्रधानमन्त्री देउवाले भोलिका दिनमा अरुलाई उचित जिम्मेवारी दिने समेत बताए । प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकार बनेको ८८ दिनपछि शुक्रबार १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका छन् । यसक्रममा नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ भने सत्तारुढ दलका अन्य घटकभित्र पनि असन्तुष्टि बढेको छ ।

कार्यक्रममा काँग्रेस नेता मीन विश्वकर्मा, तारादेवी भट्ट र नैनसिंह महरले किताब र बिपी कोइरालाबारे प्रकाश पारेका थिए । यस्तै कार्यक्रममा संविधानविद् तथा बीपीबारे अध्येता बिपीन अधिकारीले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्