Logo
Logo

खाद्यद्वारा खसीबोका बिक्री सुरु



काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिबारदेखि खसीबोका बिक्री सुरु गरेको छ ।

यस बर्ष कम्पनीले करिब ७ करोड रुपैयाँबराबरका खसीबोका बिक्री गर्न लागेको हो । शनिबार बिहान एक हजार ५० वटा खसिबोका कम्पनीमा भित्रिएको र उपभोक्तको माग अनुसार थप खसीबोका ल्याइने कम्पनीले जनाएको छ ।

कम्पनीले खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । कम्पनीका प्रादेशिक प्रमुख ज्ञानु थापाले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गरे । उनले खसी, बोकाको अभाव हुन नदिने बताए । कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसी, बोका विक्री वितरणको व्यवस्था मिलाएको उनले बताए ।

नेपालमा वर्ष १ करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ । जसमा ४५ लाख खसीबोका मासुका लागि योग्य हुने विभागको भनाइ छ ।
काठमाडौंमा मात्रै करिब १ हजार २ सयको हाराहारीमा खसीबोका दैनिकजसो काट्ने गरिन्छ । दशैँ सुरु हुनुसाथ थप ३० देखि ५० हजारको हाराहारीमा खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्