Logo
Logo

महिला प्रधानमन्त्री हुने दिन टाढा छैन : मन्त्री रेग्मी



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालमा महिला प्रधानमन्त्री छिटै हुने बताएकी छन् ।
नवनियुक्त मन्त्री रेग्मीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री बन्न महिला नेत्री योग्य रहेकाले तयारी रहन आग्रह गरिन् ।

एक तिहाई महिलाहरुको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री बन्ने विश्वास गर्दे महिलाहरु पनि यो रेशमा दौडिनुपर्ने तर्क छ ।
उनले भनिन्, ‘हाम्रो देशमा महिला प्रधानन्यायाधीश,राष्ट्रपति र सभामुख भइसकेका छन् । अब प्रधानमन्त्री हुन महिलाको समय आएको छ । नेतृत्वमा रहेका महिला तयार भएर बसे हुन्छ । कसैले धकेल्दैमा नआतिनु । यो दिन टाढा छैन् ।’

प्रतिक्रिया दिनुहोस्