Logo
Logo

लगानी बोर्डद्वारा ७३ अर्ब बराबरको लगानी स्वीकृत



काठमाडौं । लगानी बोर्डको ४८औँ बैठकले ७३ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । मन्त्रिपरिषद विस्तार भएको दास्रो शनिबार प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटार मा बसेकाे लगानी बाेर्ड नेपाल काे ४८औँ बाेर्ड सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा , अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुषाल, वन तथा मन्त्री रामसहाय प्रसाद यादव

बालुवाटारमा सम्पन्न भएको बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाको निर्माण तथा विकास गर्न ७३ अर्ब रुपैयाँ बराबरको पूँजी वृद्धि गर्न अनुमति दिएको छ । लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुम खोला जल विद्युत परियोजना रहेको छ ।

यस्तै, संखुवासभा जिल्लाको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजी वृद्धि स्वीकृति प्रदान भएको हो ।

बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गर्नेसमेत बताएको छ । सो अध्यानको ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरिने भएको छ ।

बैठकले लगानी बोर्डको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाको शेयर खरिद विक्री सम्झौता स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्