Logo
Logo

के हो हेयर रिवोण्डिङ ?



हेयर रिवोण्डिङ वा हेयर स्ट्रेटनीङ कपाललाई सिधा बनाउने एक रसायनिक पद्यति हो । यसले कपालको प्राकृतिक संरचना परिवर्तन गरी दीर्घकालीन रुपमा सिधा बनाउँछ । वर्षौदेखि प्रयोग गरिँदै आएको यो पद्यतिप्रति आज पनि उत्तिकै क्रेज छ । हेयर स्ट्रेटनीङले कपाललाई सिल्की, मुलायम र सिधा बनाउने भएकाले कपाल व्यवस्थापन गर्न सजिलो हुन्छ । त्यसैले पनि यो सधैँ धेरैको रोजाइमा पर्ने गर्दछ ।

केमिकलले कसरी काम गर्छ र कसरी कपाल सिधा हुन्छ ?

कपाल प्रोटिनबाट बनेको हुन्छ । यसमा तीन वटा तह हुन्छ । क्यूटिकल, कोर्टेक्स र मेडुला । हरेक कपालको रेसामा धेरै डायसल्फायड बोण्ड हुन्छ । जति धेरै कर्ली कपाल त्यति नै धेरै वोण्ड हुन्छ ।

सामान्यतय हेयर रिवोण्डिङमा प्रयोग हुने केमिकल सोडियम हाइड्रोक्साइड तथा एमोनियम थाइयोग्लाइकोलेट हुन् । कपालको स्वरुप तथा अवस्था हेरेर केमिकल प्रयोग गर्नुपर्छ । ‘सोडियम हाइड्रोक्साइड’ सबैभन्दा बढी स्थ्रेन्ट भएको केमिकल हो ।

यो केमिकल धेरै कर्ली र मोटो टेक्चर भएको कपालको लागि राम्रो हुन्छ । यसले कम समयमै जस्तोसुकै कपालको पनि ‘डाइसल्फाइड वोण्ड’लाई टुटाउँछ ।

तर, यस्तो मेकिकल प्रयोग गर्दा ध्यान दिनुपर्छ । यसले कपाललाई ड्यामेज गर्न सक्छ । यस्तै गरी ‘एमोनियम थाइयोग्लाइकोलेट’ केमिकल केही हल्का हुन्छ । यो विषेश गरी केमिकली ट्रिटेट हेयरको लागि प्रयोग गर्न सकिन्छ । यसले अलि ढिलो गर्छ र कपाल कम ड्यामेज गर्छ ।

जब हामी सोडिम हाइड्रोक्साइड तथा एमोनियम थाइयोग्लाइकोलेट जस्ता केमिकल प्रयोग गर्छौँ यस्ता केमिकलले कपालको रेसाहरुलाई फूलाउने काम गर्छ । सबैभन्दा माथिल्लो तह क्यूटिकललाई खुलाउने काम गर्छ । र, दोस्रो तह कोर्टेक्समा भएको डायसल्फायड वोण्डलाई टुटाउँछ । वोण्डलाई टुटाइसकेपछि कपाल लचकदार हुन्छ । त्यसपछि कपाल पखालेर नर्मल ड्राइ हुन दिइन्छ । कपाल सुकेपछि सेरामिक भएको फ्ल्याट आइरनले प्रेस गरिन्छ । जसले कपालको सिधा सेप दिन्छ ।

प्रेसिङपछि न्यूट्रिलाइजनर लगाइन्छ । जसले केमिलको प्रभाव कम गर्छ भने सिधा भइसकेको कपाललाई फिक्स गरिरिन्छ । यसलाई ३० मिनेट रहन दिएर पखालिन्छ । त्यसपछि ७२ घण्टाको लागि यतिकै राखिन्छ । त्यसपछि मात्रै स्पा ट्रिटमेन्ट गर्नुपर्छ ।

७२ घण्टामा के कुरामा ध्यान दिनुपर्छ ?

कपालमा केमिकल प्रयोग गरेपछि ७२ घण्टासम्म धुनु हुँदैन । यसले गर्दा कपालले परिवर्तन गरेको संरचना स्थाइ बन्छ । र, चाँडै सुख्खा हुने फूल्ने हुँदैन ।

– रिपोण्डिङ गरेको ७२ घण्टसम्म कपाल पखाल्नु हुँदैन । पानीले भिजाउनु हुँदैन ।
– पसिना आउनबाट बचाउँनु पर्छ ।
– रबर व्याण्ड वा चिम्टिले कपाल च्याप्नु हुँदैन ।
– घाम तथा हावामा खुल्ला उड्न दिनु हुँदैन ।
– बारम्बार कोरिराख्नु पर्छ । लट्टा पर्न दिनु हुँदैन ।

एकपटक गरेपछि कति समय रहन्छ ?

केमिकल स्ट्रेटनिङ गरिसकेपछि कपालले प्राकृतिक स्वरुप स्थाइ रुपमा परिवर्तन गरिदिन्छ । त्यसैले एकपटक गरिसकेपछि सधैलाई हुन्छ । तर, नयाँ उम्रने कपाल भने आफ्नो प्राकृतिक रुपमा नै आउँछ । त्यसैले एकपटक केमिकल स्ट्रेटनिङ गरेको १ वर्षपछि पुनः गर्नुपर्छ ।
केमिकल स्ट्रेटनिङ कसले गर्न हुन्छ ? कसले गर्न हुँदैन ?

कपाल स्ट्रटनिङ गर्ने केमिकल धेरै कडा हुन्छ । त्यसैले यस्तो केमिकल प्रयोग गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । प्रयोग गर्नुभन्दा अगाडि स्ट्रयाण्ड टेस्ट गर्न जरुरी हुन्छ । कपालको थोरै भाग लिएर केमिकल प्रयोग गरेर हेर्ने । यसबाट कपालको अवस्था र केमिकलको असर देख्न सकिन्छ । र, यसको नकारात्मक प्रभावबाट बचाउन सकिन्छ ।

– गर्भवती अवस्था र बच्चा जन्मेको कम्तिमा ६ महिनासम्म केमिकल स्ट्रेटनिङ गर्नु हुँदैन ।
– यदि कुनै केमिकल वा कलरहरुले कपाल पहिलेबाट ड्यामेज छ भने रिवोण्डिङ गर्नु हुँदैन । यदि गर्नै परे धेरै कुरामा ध्यान दिनुपर्छ ।
– कुनै पनि केमिकलको एलर्जी छ भने गर्नु हुँदैन ।
– अत्याधिक मात्रामा कपाल झरेको अवस्थामा धेरै सुख्खा भएको बेलामा हेयर स्ट्रेटनिङ गर्नु हुँदैन ।

हेयर रिवोडिङ र केराटिन ट्रिटमेन्टमा के फरक छ ?

केराटिन ट्रिटमेन्टमा केमिकल नभएर कपालमै पाइने केराटिन प्रोटिनले गरिने ट्रिटमेन्ट हो । जुन सुख्खा, ड्यामेज कपालको उपचारका लागि गरिन्छ । यसले स्थाइ रुपमा कपालको स्वरुप परिवर्तन गर्दैन तर कपाल स्वास्थ्य, मुलायम र सुन्दर बनाउँछ । त्यस्तै गरी केमिकल रिवोण्डिङले केमिकल प्रयोग गरी कपालको डाइसल्फाइड वोण्ड ड्राइ र ड्यामेज गराउँन सक्छ ।

घरमा कसरी हेरचाह गर्ने ?

– कपालमा केमिकल रिवोण्डिङ गराइसकेपछि कपाल कमजोर हुने, टुक्रने, झर्ने, धेरै सुख्खा हुने हुनसक्छ । हरेकपटक नुहाउँदा राम्रो ब्राण्डको मोइस्चर भएको स्याम्पू प्रयोग गर्नुपर्छ । कण्डीसनर अनिवार्य लगाउनुपर्छ ।
– पाकेको केरालाई राम्रोसँग मिचेर पेष्ट बनाई महमा मिसाएर कपालमा लगाउने र १ घण्टापछि स्याम्पू गर्ने ।
– अण्डाले कपालमा पोषण प्रदान गर्छ । नरिवलको तेल अण्डा मिसाएर कपालमा लगाई १ घण्टापछि पखाल्नुपर्छ । यसले कपालको जरैबाट बजबुत बनाउँछ । र, कपाललाई सिधा र नरम बनाउँछ ।
– धेरै तातो पानी प्रयोग गर्नु हुँदैन ।
– कपाललाई टावलले झट्काउने र रगड्ने गर्नु हुँदैन ।
– कपाल चिसो हुँदा सानो ब्रस प्रयोग गर्नु हुँदैन । ठूलो काइयोले सिधा बनाइ कोरेर सुक्न दिनुपर्छ ।
– जथाभावी कलर तथा हाइलाइट गर्नु हुँदैन ।
– केमिकल रिवोण्डिङ गरिसकेपछि उचित स्याहार गर्न सके धेरै राम्रो हुन्छ ।

सुन्दर कपालले नारीको सुन्दरतामा निखार ल्याउँछ । त्यसैले हरेक नारी सुन्दर कपाल चाहन्छन् । तर, उचित स्याहार नपुग्दा वा आवश्यक जानकारी विना केमिकलहरु प्रयोग गर्नाले कपाल बिग्रने जस्ता अनेक समस्या हुने गर्दछ । यस्तो समस्याबाट छुटकारका पाउन अनेक उपचार विधि छन् । त्यसमध्ये एक हो– हेयर रिवोण्डिङ । हेयर रिवोण्डिङबाट कपाल सुन्दर बनाउ सकिन्छ । तर, रिवोण्डिङ गर्दा यससम्बन्धी विज्ञसँग सल्लाह गरेर गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्