Logo
Logo

प्रकाण्ड, प्रभु साह र मणि थापाबीच भेटवार्ता



काठमाडौं । नेत्रविक्रम चन्द (विपल्व) नेतृत्वको नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्ड, पूर्वमन्त्रीद्धय प्रभु साह र मणिचन्द्र थापाबीच आज भेटघाट भएको छ ।

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका थापा, असन्तुष्ट नेता साह र प्रकाण्डबीच पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बाताइएको छ । काठमाडौंको शान्तिनगरस्थित नेता साहको निवासमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको छ ।

८ बुँदे माग सहितको पत्र अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका साहले माग सम्बोधन नभएपछि छुटै दल गठनको आन्तरिक तयारीमा जुुटेको बेला भएको यस भेटघाटलाई बिभिन्न कोणमा विश्लेषण भइरहेको छ ।

साहनिकट एक नेताका अनुसार देशको बदलिदो परिवेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । एमाले अध्यक्ष ओलीसंग असन्तुष्ट रहेका नेता साहले पछिल्लो समय कम्युनिष्ट पृष्टभुमि भएका विभिन्न नेताहरुलाई भेटघाट गर्दै एउटै मोर्चामा आब्द्ध गराउँन खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्