Logo
Logo

दुवै सदनका सांसदलाई दसैँ विदा



काठमाडौं । संघीय संसदको दुवै सदनले सांसदलाई दशैं विदा दिएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले ९ कात्तिकसम्म बैठक स्थगित गर्दै सांसदलाई दसैँ विदा दिएका छन् ।

यस्तै, सोमबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेपछि राष्ट्रियसभा सदस्यहरुले विदा पाएका छन् ।

नेपालीको पर्व दशैं शुरु भइसकेको छ । अधिकांश सांसद गाउँ गइसकेकाले उनीहरु सोमबारको बैठकमा उपस्थित थिएनन् । सोमबार नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद प्रतिनिधिसभा बैठकले रेल्वे विधेयक २०७८ फिर्ता लिएको छ । यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएकाले सोमबारकै राष्ट्रियसभा बैठकले विधेयक फिर्ता लिन प्रतिनिधिसभालाई सहमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्