Logo
Logo

माओवादीमा व्यापक जिम्मेवारी हेरफेर (सूचीसहित)



काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले विभिन्न नेताको जिम्मेवारी हेरफेर गर्नुका साथै जिम्मेवारी नपाएकाहरुलाई जिम्मेवारी तोकेको छ ।

असोज ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गर्नुका साथै जिम्मेवारी नपाएकाहरुलाई जिम्मेवारी दिएको हो ।

पछिल्लो निर्णयअनुसार यसअघि कपिलवस्तुको इञ्चार्ज रहेका डोरप्रसाद उपाध्यायले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका छन् । त्यसैगरी, प्रदेश नम्बर १ को सचिवको रुपमा हेमराज भण्डारीले जिम्मेवारी पाएका छन् भने प्रदेश २ को अध्यक्षमा प्रल्हाद बुढाथोकी र जोगबहादुर बर्बरिया यादव तोकिएका छन् ।

त्यसैगरी, बागमती प्रदेशमा ईश्वरी प्रसाद भट्टराईले सह इन्चार्जको जिम्मेवारी पाएका छन । हितबहादुर तामाङ, शशी श्रेष्ठ र सूर्य सुवेदी र भट्टराई गरेर वागतमतीमा माओवादीका पाँच सह–इञ्चार्ज भएका छन् । वागमतीमा हितमान शाक्य इञ्चार्ज र नारायण दाहाल अध्यक्ष हुन । यहाँ अञ्जना विशंखेले सचिवको जिम्मेवारी पाएका छन् । यसैगरी गण्डकी प्रदेश सचिवको जिम्मेवारी देवेन्द्र पराजुलीले पाएका छन् ।

माओवादीले सुदूरपश्चिम प्रदेशमा ६ जनालाई सह–इञ्चार्जको जिम्मेवारी दिएको छ । यस अघि लक्ष्मीदत्त जोशी र तारामान स्वाँर सहइञ्चार्ज थिए । बिना मगर, नेपबहादुर चौधरी, त्रिलोचन भट्ट र वीरमान चौधरीलाई समेत थपेर माओवादी ६ जनालाई सह–इञ्चार्जको जिम्मेवारी दिएको हो । माओवादीले यसअघि नै सुदूरपश्चिममा खगराज भट्टलाई इञ्चार्ज, शरद्सिंह भण्डारीलाई अध्यक्ष, देवीलाल चौधरीलाई सचिवको जिम्मेवारी दिइसकेको छ ।

माओवादीले प्रवास समन्वय समितिको इञ्चार्जको रुपमा यसअघि नै नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यो समितिका अध्यक्ष ओम शर्मा र टीबी पाठक सचिव रहेका छन् । यो समितिमा पनि सह–इञ्चार्जको रुपमा लक्ष्मण पन्तले जिम्मेवारी पाएका छन् ।

पछिल्लो बैठकले नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको रुपमा थप जिम्मेवारी दिएको छ । सुरेन्द्र कार्की (राम कार्की)ले उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्