Logo
Logo

गण्डकीका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले लिए शपथ



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमबार अपराह्न प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनलाई आजै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई मन्त्री नियुक्त गरेका थिए । नेपाली कांग्रेस सांसद विश्वकर्मालाई मन्त्री नियुक्त गरिए पनि जिम्मेवारी (मन्त्रालय) भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्